तपाईँ सुन्दै हुनुहुन्छः

भारतसँगको वार्ता शुरुः परराष्ट्रमन्त्री ज्ञवाली 

रुपन्देही । परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुराको नेपाली भूभाग भारतसंगको कुटनैतिक पहलमा फिर्ता गर्ने कार्यको प्रारम्भ भएको बताउनुभएको छ ।

प्रेस संगठन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच छलफलको प्रारम्भ भएको बताउनुभएको हो ।

उहाँले नेपालको नयाँ नक्सा प्रकाशनमा देखिएको अभूतपूर्व एकताले राष्ट्रियता बलियो बनाएको बताउनुभयो ।

मन्त्री ज्ञवालीले कोरोना महामारी नियन्त्रणका लागि सरकारले शुरु गरेको अभियानलाई साथ दिएको सबै नेपालीलाई धन्यवाद दिनुभयो । उहाँले सचेतना नै महामारीको रोकथाम भएकाले सर्तक रहेर व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।

स्वास्थ्य संकट र आर्थिक संकटसँग जुधिरहेको सरकारले निजी क्षेत्रसँगको सहकार्यमा आर्थिक संकट व्यवस्थापन गर्न खोजिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button