तपाईँ सुन्दै हुनुहुन्छः

जनताको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवन रक्षा सरकारको पहिलो प्राथमकिता रहेको बताउनुभएको छ ।

आज काठमाडौंको टुडिखेलमा आयोजित छैटौं संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा
आयोजित विशेष कार्यक्रमलाई संबोधनगर्दै प्रधानमन्त्री ओलीले सरकार महामारी नियन्त्रणमा विशेषरुपमा केन्द्रीत भइरहेको बताउनुभयो ।

विगतमा सरकारको प्राथमिकता विकास र संवृद्घि भएपनि यत्तिखेर भने केभिड १९ को महामारीमा देश लडिरहेको उहाँले बताउनुभयो । ‘संविधान जारी भएपछि निर्वाचित सरकार सञ्चालनको पहिलो बर्ष हामीले औपचारिक कार्यक्रम गर्यौं। जनआकांक्षाका कुरा गर्यौं र त्यसलाई अघि बढाउन आधार तयार गर्यौं ।’ प्रधानमन्त्री ओलीको भनाई थियो । ‘यत्तिखेर भने हामी महामारीसँग जुदिरहेका छौ ।’ उहाँको भनाई थियो ।

Image may contain: 1 person, suit, text that says 'बधाई तथा शुभकामना स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहर्मा छैटौ संविधान दिवस/ राष्ट्रिय दिवसको विशेष उपलक्ष्यमा हार्दिक बधाई तथा शुभकामना! m शर्मा प्रधानमन्त्री'

संवोधनकाक्रममा प्रधानमन्त्री ओलीले महामारीबाट भएको क्षतीप्रति दुःख व्यक्त गर्दै संक्रमितहरुको स्वास्थ्य लाभको कामना गर्नुभयो । जस्तोसुकै विपत्त, दैवीप्रकोप र पीडा भएपनि नेपाली जनताले संघर्षका माध्यमबाट त्यसलाई पराजित गर्ने गरेको बताउँदै उहाँले भन्नुभयो ‘प्रकृतिको नियम हो, कस्तै महामारी र विपत्तिमा पनि समय रोकिंदैन । ऋृतु फेरिन्छन् । जतिसुकै पीडा वा छटपटी रहे पनि मानिसहरु जीवनलाई निरन्तरता दिन्छन् । गौरवगाथा गाउने दिन गाउँछन्, स्मरण गर्नुपर्नेहरुलाई श्रद्धापूर्वक सम्झिन्छन् । प्रतिबद्धतालाई निरन्तरता दिन्छन्, बाँकी रहेको जिम्मेवारी पूरा गर्ने प्रण गर्छन् । महामारी र विपत्तिबीच हामी यिनै शोक र संकल्पहरुबीच यसबर्षको राष्ट्रिय दिवसको उत्सवमा सरिक भइरहेका छौं ।’ प्रधानमन्त्रीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले आपतमा अत्तालिने र समयक्रममा बिर्सने मानवीय स्वभावलाई छोड्नुपर्ने बताउनुहुँदै ‘जनताको सुझबुझपूर्ण सहयोगमा कोरानालाई तह लगाउन सकिने’ विश्वास गर्नुभयो । महामारीको कारण सरकारले अपेक्षित लक्ष्य हासिल गर्न नसके पनि झण्डै ६ महिना अवरुद्ध आर्थिक क्रियाकलापका बाबजूद पनि आर्थिक बृद्धिदर बाहेकका परिसूचकहरु सकारात्मक रहनु सुखद रहेको उहाँले बताउनुभयो ।

 

 

‘गत बर्ष आजकै दिन मैले सरकार सञ्चालनको १८ महिनामा भएका उपलब्धिको संक्षिप्त विवरण राखेको थिएँ । यदि कोरोना महामारी हुँदैनथ्यो भने आज गत बर्ष कबुल गरिएका कतिपय काम सम्पन्न भएको विवरणको चर्चा हुने थियो ।’ प्रधानमन्त्रीको भनाई थियो ।

‘मलाई विश्वास छ, महामारीको जोखिम कम हुनासाथ हाम्रो अर्थतन्त्र पुरानै लयमा फर्किने छ । अर्थतन्त्रका अन्य सूचक दुरुस्त रहेको यस अवस्थामा पर्यटन लगायतका सेवा क्षेत्र सञ्चालन हुनासाथ आर्थिक बृद्धिले अपेक्षा गरेकै दरमा प्रगति गर्नेछ । यो महामारी अस्थायी परिघटना मात्रै हो । यसको अन्त्यसँगै मुलुक ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा हुने दिशामा अघि बढ्ने छ ।’ प्रधानमन्त्रीको भनाई थियो ।

सम्बोधनको पूर्णपाठ:

प्रतिक्रिया राख्नुहोस्

Back to top button