तपाईँ सुन्दै हुनुहुन्छः

सिराहामा उच्च जोखिममा रही काम गर्ने दुई सय २२ जनालाई सम्मान

लहान । संविधान दिवसको अवसरमा सिरहामा सम्मान कार्यक्रम गरिएको छ ।

जिल्ला कोभिड संकट ब्यबस्थापन केन्द्र सिरहाले उच्च जोखिममा रहि काम गर्ने विभिन्न क्षेत्रका दुई सय २२ जना व्यक्तिहरूलाई आज सम्मान गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कनेलले जानकारी दिनुभएको छ ।

जोखिम न्युनिकरणका लागी आ– आफनो क्षेत्रबाट निरन्तर सहयोग गर्न छुटेकालाई क्रमिक रुपमा सम्मान गर्दै जाने डिसिसिएमसिका अध्यक्ष समेत रहनुभएका अधिकारी कनेलले बताउनुभयो ।

कोरोना नियन्त्रण र रोकथामका लागि सिरहा कार्यक्षेत्र बनाई काम गर्ने संचारकर्मी , चिकित्सक, समाजसेबी , संघ संस्थाका प्रतिनिधि लगायतलाई आज सम्मान गरिएको बरिष्ठ पत्रकार देबकुमार यादबले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button