तपाईँ सुन्दै हुनुहुन्छः

बारा,पर्सा र सर्लाहीका थप ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि

बीरगंज   ।  नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा बारा, पर्सा र सर्लाहीका थप ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको पछिल्लो विवरण अनुसार एक सय ९२ जनाको थ्रोट स्वाब परिक्षण गर्दा पर्साको बीरगंजस्थित बाल सुधार गृहमा रहेका तीन जना बालबालिकासहित छ जना, बाराका ४५ जना र सर्लाहीको एक जना गरी ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश कुमार चौरसियाले बताउनुभयो ।
पुष्टि भएका ५२ जना सङ्क्रमितमध्ये ११ जना महिला र ४१ जना पुरुष हित १ जना महिने शिशु समेत रहेको अस्पतालका प्रवक्ता डा.चौरसियाले जानकारी दिनुभयो ।
पर्सामा सङ्क्रमित पुष्टि भएकाहरूमा बीरगंज महानगरपालिकाको वडा नम्बर ४ बिर्तामा रहेको बाल सुधार गृहका तीन जना बालक, वडा नम्बर ३ र १९ का दुई जना पुरुष र एक जनाको ठेगाना नखुलेको प्रवक्ता डा.चौरसियाले बताउनुभयो ।
त्यसै गरी बाराको बारागढी गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय बारागढीमा कार्यरत  आठ जना प्रहरी जवान सङ्क्रमित भएका छन् भने बारागढिकै अठहइ प्रहरी चौकीमा पनि एक जना सङ्क्रमित भेटिएको प्रवक्ता डा.चौरसियाले बताउनुभयो ।
त्यस्तै बारागढी कै सिखी पठराहमा दुई जना र श्रीपुरमा एक जना सर्बसाधरणमा समेत सङ्क्रमण पुष्टि भएको छ । त्यसै गरी कलैया उपमहानगरपालिकामा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको चौरसियाले बताउनुभयो । नारायणी अस्पतालमा गरिएको पिसीआर परीक्षणको क्रममा सर्लाहीका थप एक जनालाई समेत सङ्क्रमण पुष्टि भएको डा. चौरसियाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button