तपाईँ सुन्दै हुनुहुन्छः

साना मुलुकहरुले दुखका साथ गरेको विकास खतरामा: प्रधानमन्त्री

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले कोराना भाइरसको महामारीका कारण विशेषगरी विकासोन्मुख,अतिकम विकसित र साना मुलुकहरुले दुखका साथ गरेको विकासलाई खतरामा पारेको बताउनुभएको छ ।

हिजो संयुक्त राष्ट्रसंघको महासभाको ७५ औँ साधरण सभाको विविद्य कार्यक्रम मध्य एक दिगो विकास सम्बन्धि एक उच्च स्तरीय बैठकलाई सम्वोधन गर्नुहुदैँ प्रधानमन्त्री ओलीले अर्थतन्त्र राजस्व संकलन बढ्दो सार्वजनिक खर्च, बढ्दो गरिबी र बेरोजगारमा गम्भीर असर पारेकाले विकासोन्मुख मुलुकले दिगो विकासको अनुभूती गर्न पाएका छैनन् भन्नुभयो ।

प्रधानमन्त्री ओलीले दिगो विकासको लक्ष्यलाई अगाडी बढाउन अहिलेको प्रतिकुल अवस्थाका कारण नसकिने भन्दै उहाँले विश्वव्यापी कार्यलाई भने स्पष्टताका साथ जारी राख्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button