तपाईँ सुन्दै हुनुहुन्छः

पिकप र मोटरसाइकल एक आपसमा ठोक्किँदा

बर्दिवास । महोत्तरीको बर्दिबास नगरपालिका–६ किसानगरमा पिकप र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय देव बहादुर खपाङ्गी र प्रमोद रामको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईले बताउनुभयो ।

शनिबार साँझ बर्दिवास–६ किसानगरमा विपरीत दिशाबाट आइरहेको पिकप र मोटरसाइकल ठोक्किएको थियो ।

मोटरसाइकमा सवार तीन जना मध्ये चालक प्रमोद र अर्का देवबहादुरको मृत्यु भएको हो ।  देवबहादुर खपाङ्गी नेपाली सेनामा बन्दोबस्ती सिपाही पदमा कार्यरत रहेका छन् ।

दुर्घटनमा परेर गम्भीर घाइते भएका उनीहरुको धनुषास्थित लालगढ मोडेल हस्पिटलमा उपचार गर्न लगिएको थियो । त्यहाँ प्राथमिक उपचार गरी थप उपचारका लागि प्रमोदलाई धरान र देवबहादुरलाई काठमाडौं पठाइएको थियो ।

प्रमोदको धरानमा र देवबहादुरको बाटोमै मृत्यु भएको डीएसपी चापागाईले बताउनभुयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button