तपाईँ सुन्दै हुनुहुन्छः

बारा र पर्सा थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि

बीरगंज । नारायणी अस्पताल बीरगंजको प्रयोगशालामा गरिएको पिसीआर परिक्षणको क्रममा बारा, पर्साका थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालमा गरिएको स्वाब परिक्षणको क्रममा पर्सा र बाराका १२ जना कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।

सङ्क्रमण पुष्टि हुनेमा दुई महिलासहित १५ वर्षीय किशोरदेखि ८८ वर्षीय वृद्धसम्म रहेका छन ।

वीरगञ्ज कारागारमा पनि एक जनामा सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता ड.अतुलेशकुमार चौरसियाले जानकारी दिनुभयो ।

पर्सामा सङ्क्रमित हुने मध्ये वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १, ३, ५, ६, १५ र १९ मा एक÷एक जना र वडा नम्बर १३ मा दुई जना रहेका छन् ।

त्यसैगरी पर्सागढी नगरपालिकाको वडा नम्बर ७ र धोविनी गाउँपालिकाको वडा नम्बर ४ मा पनि एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको डा.चौरसियाले बताउनुभयो ।

यता बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको जीतपुर टेडाका थप एक जनामा सङ्क्रमण पुष्टि भएको प्रवक्त डा.चौरसियाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button