तपाईँ सुन्दै हुनुहुन्छः

बारामा विश्वकर्मा भगवानको मूर्ति सेलाउन जाँदा पोखरीमा डुबेर एक युवकको मृत्यु

बारा । विश्वकर्मा भगवानको मुर्ति सेलाउन जाँदा बारामा एक युवकको पोखरीमा डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर १९ पचानपुरईनर्वा बस्ने ३० वर्षीय छोरा मुख्तार मियाँ अन्सारी रहेका छन् ।

शुक्रबार अपरान्ह करिब साढे ६ बजेतिर विश्वकर्मा भगवानको मुर्ति सेलाउने क्रममा सोही ठाउँमा रहेको माछा पोखरीमा अन्सारी बेपत्ता भएका थिए ।

मुर्ति सेलाउने क्रममा हराएका अंसारीलाई स्थानीयबासीहरुको सहयोगमा माछा मार्ने जाल हाली पोखरीमा खोजतलासको क्रममा अन्सारीको शव शुक्रबार राति १२ बजे फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

नदीमा डुबेर एक बालक बेपत्ता
सिम्रौनगढ पचरौता नगरपालिकाको वडा नम्बर ६स्थित चिकनिपकडियाको तियर नदीमा डुबेर १३ वर्षिय एक बालक शनिबार बिहानबाट बेपत्ता भएका छन ।

स्थानीय सर्वजित रामका छोरा लुटन राम नदीमा डुबेर बेपत्ता भएका हुन । ईलाका प्रहरी कार्यलय सिम्रौनगढका प्रहरी निरीक्षक सुरेन्द्र तामाङको कमाण्डमा प्रहरी र स्थानीयले बालकको खोजतलास जारी राखेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button