तपाईँ सुन्दै हुनुहुन्छः

ढुङ्गा प्रहार गरी अछाममा ९ वर्षीय बालकको हत्या

अछाम  – अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा न ९ बुढाकोटमा एक बालकको हत्या गरिएको छ ।
साँफेबगर नगरपालिका वडा नम्बर ९ बुढाकोट बस्ने सेतु बिकका ९ वर्षीय छोरा हिमाल बिकको सोही ठाउँका ४० वर्षका गणेश सुनारले शनिवार हत्या गरेको प्रहरीले जनाएको छ ।
सुनारले हिमालको टाउको  र अनुहारमा ढुङ्गाले प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको अछाम प्रहरी प्रमुख डिएसपी योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।
हत्या आरोपीका छोरा र मृतक साथी साथी रहेको र आफ्नो छोरालाई लिएर बाहिर खेल्न नजाऊ भनेको नमानेपछि आफूलाई रिस उठ्दा ढुङ्गाले टाउकोमा प्रहार गरेको आरोपी सुनारले स्वीकार गरेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न भएको गणेशलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको डिएसपी थापाले बताउनुभयो ।
मृतक बालकको शव जिल्ला अस्पतालमा पोस्टमार्टम गरी आफन्तलाई बुझाई सकिएको छ । मृतक बालकको मुख र टाउकोमा चोट लागेको छ । मृतक बालकका बुवाको ८ वर्ष अघि नै निधन भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button