तपाईँ सुन्दै हुनुहुन्छः

झ्याडी–देउराली खण्ड स्तरोन्नती सुरु

सिन्धुपाल्चोक -जिल्लाको सदरमुकाम चौताराबाट सिपाघाट–कात्तिके हुँदै काठमाडौंको नारायणटारसम्म पुग्ने सडकको स्तरोन्नती कार्यले तीव्रता पाएको छ ।दशकौंदेखि चौताराबाट काठमाडौं जानका लागि ८४ किलोमिटर यात्रा गर्नपर्ने बाध्यतालाई मध्यनजर गर्दै छोटो र सहज यात्राका लागि सडकको अवधारणा अघि सारिएको हो ।

उक्त सडकखण्ड अन्तर्गत पर्ने झ्याडी–देउराली खण्ड स्तरोन्नती कार्यको आइतबार शुभारम्भ भएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाल र सामाजिक विकास मन्त्री दुलालले संयुक्त रुपमा स्तरोन्ती कार्यको शुभारम्भ गर्नुभएको हो बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ले चुनावी सभामा गरेको प्रतिवद्धता अन्तर्गत बन्न लागेको यो नयाँ सडकमार्ग हो ।

उक्त सडकखण्ड स्तारोन्नतीको काम प्यासिफिक ईन्जिनियरिङ्ग कम्पनी प्रा.ली, काठमाडौंले पाएको छ । भने, ०७७ असार २८ गते सम्झौता भाइ काम सुरु भएको यस अयोजना ०७९ असार २७ भित्र सम्पन्न गर्नेगरी सम्झौता भएको छ । आयोजनाको अनुमानित लागत खर्च ४६ करोड ७३ लाख ४२ हजार ९ सय ६६ रहेको छ भने सम्झौता रकम २९ करोड ४९ लाख ५९ हजार ९ सय ८२ रुपैयाँ रहेको जनाइएको छ ।

चौताराबाट झ्याँडीखोलासम्मको १० किलोमिटर सडक कालोपत्रे भइरहेको छ । जसका लागि गत वर्ष ३० करोड बजेट सरकारकाबाट विनियोजन भएको थियो । साथै, झ्याडीदेखि देउरालीसम्मको १२ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको यसअघि नै बजेट विनियोजनको बेलामा भनिएको थियो । सोही कार्यको सुरुवात आइतबार सोही सडकखण्डमा भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button