तपाईँ सुन्दै हुनुहुन्छः

रसुवागढी नाका पुन: बन्द

काठमाडौं- आंशिक रुपमा खुलेको चीनसँगको व्यापारिक नाका रसुवागढी नाका दुई साता देखि पुनः पूर्ण रूपमा बन्द भएको छ ।

नेपाल तर्फबाट सामान लोड–अनलोड गर्ने एक जना कामदारमा कोरोना संक्रमण देखिएपछि दुई सातादेखि रसुवागढी–केरुङ नाका चीन तर्फबाट एक तर्फी रुपमा पुनः बन्द भएको हो ।

कोभिडको जोखिम देखाउँदै चिनियाँ पक्षले मितेरी पुलसम्म सामान ल्याएर झारि दिने र त्यहाँबाट नेपाली पक्षले लोड गरेर नेपाल ल्याउनु पर्ने व्यवस्था गरिएकोमा दुई सातादेखि पुलसम्म पनि सामान आउन छाडेको छ ।

व्यावसायीहरुले अघिल्लो बर्ष नै मगाएका लत्ताकपडा, जुत्ता, मेसिनरी, विद्युतीय सामग्री, कच्चा पदार्थ, लगायत सामग्री केरुङमै अड्किँदा ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको ब्यबसायी धर्म पौडेलले बताउनुहुन्छ।

रसुवागढी नाका हुँदै चीनसँग हुने व्यापारमा ८ महिनादेखि जारी कोरोना महामारी, बाढी पहिरोका कारण पन्ध्र सय भन्दा बढी कन्टेनरलाई पुग्ने समाग्री केरुङमै रोकिएको उनीहरूको भनाइ छ ।

चाडबाड नजिकिँदै आएकाले नाकामा रोकिएका सामान छुटाउन चीनसँग कूटनीतिक पहल गरी छिटो नाका सञ्चालनमा ल्याउन ब्यापारीहरुले सरकारसँग आग्रह गरेका छन ।

गत आर्थिक बर्षमा रसुवागढी नाका भएर २६ अर्ब ४६ करोड बराबरको सामग्री भित्रिएको थियो । यो चीनबाट हुने कुल आयातको १५ प्रतिशत हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button