तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा थप १७ जनामा कोरोना पुष्टि, सङ्क्रमितको संख्या ४०१ पुग्यो

तनहुँ । तनहुँमा १७ जना नयाँ कोरोना संक्रमित थपिएका छन ।

जिल्लाको शुक्लाण्डकी नगरपालिका वडा नं. ५, ११ र १० का १७ जनामा कोरोना भाइरस सङ्क्रमण भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखराको प्रयोगशालामा गरिएको परिक्षणमा वडा नं. ५ का ५२, १२, ११ र ५७ वर्षका ४ जना पुरुषमा र १४, १७, ३६, १९, १६, १२, ९, १९, १६ उमेर समुहका नौ जना महिलाहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै वडा नं. ११ का ३५ वर्षीय पुरुष र वडा नं. १० का ३६ वर्षीय पुरुषमा पनि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

योसँगै तनहुँम ा४०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये २३४ जना निको भएर घर फर्किएका छन । जिल्लामा कोरोना संक्रमणको कारण ४ जना महिलाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button