तपाईँ सुन्दै हुनुहुन्छः

पुराना राजनीतिज्ञ आचार्य सिकिस्त

काठमाडौं ।पुराना राजनीतिज्ञ तथा कथाकार यज्ञप्रसाद आचार्य गम्भीर रुपमा अस्वस्थ हुनुभएको छ । मुटु र मिर्गौलामा समस्या उत्पन्न भई तीन सातादेखि काठमाडौंँको नर्भिक अस्पतालमा सघन उपचाररत ८७ वर्षीय आचार्यलाई अहिले फोक्सोमा समस्या देखिएको पारिवारिक स्रोतले जनाएको छ ।

जहानियाँ राणाशासनविरुद्धको आन्दोलनमा तत्कालीन धनकुटा जिल्लाको ते¥हथुमका लागि सत्याग्रही कमाण्डर बनेर नेतृत्व गर्ने हालसम्म जीवित एकाध व्यक्तित्वमा आचार्य पनि एक हुनुहुन्छ । राजपरिषद् स्थायी समितिका सदस्य पनि रहनुभएका आचार्यका नेपाली भाषा, पत्रकारिता, अध्यापन, सामाजिक सेवा र साहित्यिक गतिविधिमा पनि आचार्यको योगदान रहेको छ । उहाँ विसं २०१६ देखि धरान नगरपालिकाको तीन पटक प्रमुखमा निर्वाचित हुनुभयो । उहाँकै अगुवाइमा नेपालमै पहिलो पटक सामुदायिक बिजुली उत्पादनगृह ९पावर हाउस० स्थापना भई धरानमा बिजुली वितरण गरिएको थियो ।

कथाकार आचार्यका तीन कथासङ्ग्रह र नेपालको परराष्ट्रनीतिबारे एक पुस्तक तथा आत्मवृत्तान्त ‘जे देखे‘, जे भोगे‘’ प्रकाशित छ । धनकुटाको छथरस्थित तेलिया पिपलेमा विसं १९९० मा जन्मनुभएका आचार्य प्रवेशिका र स्नात्तकोत्तर परीक्षा उत्तीर्ण गर्ने धरानकै पहिलो व्यक्ति भएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button