तपाईँ सुन्दै हुनुहुन्छः

‘वीरगञ्ज क्षेत्रका किसानले एक महिनाभित्र मल पाउने’

वीरगञ्ज । वीरगञ्ज क्षेत्रका किसानले अबको एक महिनाभित्र मल पाउने भएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले जनाएको छ ।

बङ्गलादेशबाट नेपाल सरकारले ५० हजार मेट्रिक टन युरिया मल सापटीमा ल्याउन लागेको मल एक महिनाभित्र आइपुग्ने कार्यालयका प्रबन्धक गोरखनाथ केसीले बताउनुभयो ।

उहाँले बङ्गलादेशबाट नेपालको लागि आउने ५० हजार मेट्रिक टन युरिया मलमध्ये पर्सा जिल्लाका लागि २५ हजार मेट्रिक टन हुने भएकाले लामो समयदेखि देखिएको मलको अभाव समाप्त हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button