तपाईँ सुन्दै हुनुहुन्छः

साहना प्रधानको छैटौं स्मृति दिवस सम्पन्न

काठमाडौं । नेपालको बाम लोकतान्त्रिक आन्दोलनको शिखर व्यक्तित्व साहना प्रधानको छैटौं स्मृति दिवस विभन्न कार्यक्रम गरी मनाइएको छ ।

यस अवसरमा साहनाप्रधान प्रतिष्ठानले आज काठमाडौंमा भर्चुअल रुपमा आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई ठूला पार्टीको एकता एउटा प्रयोग भएको बताउनुभयो ।

ससाना राजनीतिक समूहमा पनि बहस र छलफल भइरहने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले नेकपा भित्रको विवाद र छलफल हुने कुरालाई अनौठो मान्न नहुने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले पार्टीभित्र बहस र छलफलबाट संश्लेषित विचार आउने हुँदा त्यस दिशामा ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
बाइट…..
कार्यक्रममा साहना प्रधान प्रतिष्ठानका अध्यक्ष एवं सांसद रामकुमारी झाँक्रीले नेपालको राजनीतिक र सामाजिक रुपान्तरणको आन्दोलनमा साहना प्रधानले पुर्याउनुभएको योगदान अतुलनीय भएको बताउनुभयो ।

झण्डै सात दशक लामो राजनीतिक र सामाजिक आन्दोलनको अगुवाई गर्नुभएका प्रधानले नेपालको कम्युनिष्ट आन्दोलन र महिला मुक्ति आन्दोलनका साथै समाज परिवर्तनको आन्दोलनमा जीवन समर्पण गर्नुभयएको थियो ।

उहाँको २०७१ साल असोज ६ गते निधन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button