तपाईँ सुन्दै हुनुहुन्छः

विश्व कीर्तिमानी पर्वतारोही शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्यष्टि

काठमाडौ -विश्व कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मान साथ आज अन्त्यष्टि गरिएको छ ।
सँस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराइले आज विहान दिवंगत शेर्पाकोे पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाइ सम्मान गर्नुभएको छ ।

हिजोको मन्त्रीपरिषद वैठकले पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्येष्टि खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको थियो ।

अक्सिजनबिना नै १० पटक सगरमाथा आरोण गरी विश्वकीर्तिमान बनाएका शेर्पाको सोमबार ७२ वर्षको उमेरमा काठमाडौँको जोरपाटीस्थित आफ्नै निवासमा निधन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button