कोरोना सङ्क्रमणका कारण झापाका थप एक जनाको मृत्यु
भद्रपुर, झापा । कोरोना सङ्क्रमणका कारण झापामा थप एक जनाको मृत्यु भएको छ । झापाको सदरमुकाम रहेको भद्रपुर–१० घर भएका कोरोना सङ्क्रमित ८६ वर्षीय बृद्ध पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेनमा उपचारका क्रममा बिहान ५ः५० बजे वृद्धको मृत्यु भएको जानकारी प्राप्त भएको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले बताउनुभयो ।
कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका वृद्धलाई ३ गते उपचारका लागि आईसीयूमा भर्ना गरिएको थियो । त्यही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाउँदा ५ गते सोमबार रिपोर्ट पोजेटिभ आएको थियो ।
कोभिड–१९ को नियमअनुसार शव व्यवस्थापन गरिने भद्रपुर नगरपालिकाले जनाएको छ । योसँगै कोरोना संङ्क्रमणका कारण झापामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्