तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले स्कारपियो पुरिदा चालकको मृत्यु

मकवानपु । हेटौंडा काठमाडौँ जोड्ने छोटो मार्ग अन्तरगत भीमफेदी कुलेखानी सडक खण्डको इन्द्रेसरोबर गाउँपालिका–२ देउराली नजिक स्कार्पियो पुरिँदा मृत्यु हुनेको पहिचान खुलेको छ ।

स्कार्पियो च्यापिँदा मृत्युु हुनेमा चालक बाराको पर्सौनी गाउँपालिका वडा नम्बर ४ का ४० बर्षीय युनिष अन्सारीको मृत्यु भएको हो । उनको शव हेटौंडा अस्पताल ल्याइएको छ ।

काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा १७ च ४८७४ नम्बरको स्कार्पियोमाथि ढुंगासहितको पहिरो खसेको थियो ।

पहिरोले बा ९७ प ५१४८ नम्बरको मोटरसाइकल पुरिदा मोटरसाइकलमा सवार दुई जनाको उद्धार गरिएको छ ।

मोटरसाइकलबाट उद्धार गरिएका दुई जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button