तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीमा करेन्ट लागेर एक वृद्धको मृत्यु

सर्लाही । सर्लाहीमा करेन्ट लागृर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा हरीपुर्वा नगरपालिका वडा नं. ३ धनकौल बस्ने अन्दाजी ५५ वर्षिय वृद्ध कपिलदेव राय रहेका छन ।

आज(बुधवार) बिहान भोला बाबाको मन्दिरको प्रङगनमा रहेको पानी तान्ने कलमा नुहाउन क्रममा सोही कलमा जडान गरेको मोटरमा वृद्ध रायलाई अचानक करेन्ट लागि गम्भिर घाईते भएका थिए ।

करेन्ट लागि गम्भिर घाइते रायलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा सर्लाही ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

अहिले मृत्क रायको शव पोष्टमार्टमका लागि मलंगवा अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button