तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

टीकापुर कैलाली । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका वडा नम्बर १० का २९ बर्षीय रघुविर धामीको करेन्ट लागेर मृत्यु भएको हो ।

खेतमा रहेको विद्युतको पोलबाट हुक गरेर छोडिएको तारबाट करेन्ट लागेर आज बिहान ३ बजेतिर धामीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मसुरीयाका प्रमुख प्रहरी नायव निरीक्षक डम्बर बहादुर थापाले जानकारी दिनुभयो ।

जगली जनावरका लागि थापेको करेन्टको पासोमा परेर धामीको घटना स्थालमै मृत्यू भएको थापाले बताउनुभयो । घटनाको अनुसन्धानका लागि ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको समेत उहाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button