तपाईँ सुन्दै हुनुहुन्छः

सिंजाको पूर्वाधार विकासका लागि ४० करोड प्रादेशिक योजना

जुम्ला । खस भाषाको उद्गमस्थल सिंजा क्षेत्र विकाका लागि चालु आर्थिक वर्षमा ४० करोड बढीका योजना स्वीकृत भएका छन् ।

सिंजा उपत्यकाको पूर्वाधार विकासका लागि जुम्ला निर्वाचन क्षेत्र (ख)का सांसद पदम रोकायाको पहलमा ४० करोड बढीका योजना स्वीकृत भएका हुन् ।

ग्रामीण सडक निर्माणलाई प्रथामिकता दिएर बजेट छुटाइएको सांसद रोकायाले जानकारी दिनुभयो । सांसद रोकाया भन्छन, “गत वर्ष पनि सिंजाको विकासका लागि ७० करोडका प्रादेशिक योजना थिए । कोरोना त्रासका कारण ५० प्रतिशत बजेट खर्च हुन नसकी फिर्ता भयो । तर चालु आर्थिक वर्षमा सिंजाको पूर्वाधार विकासका लाागि विनियोजित ४० करोड बजेट खर्च हुने गरी काम अगाडी बढाईने छ ।”

चालु आवका प्रदेशको करिब २५ करोडको लागतमा १३ वटा ग्रामिण सडक निर्माण हुने भएका छन् । ६ वटा सिचाँई कुलो, २ वटा पूल, १ वटा बर्थिङ सेन्टर, १ वटा तटबन्द र ७ वटा खानेपानीका आयोजना गरी जम्मा ४० करोडको लागतमा ३२ वटा आयोजना आलु आर्थिक वर्ष भित्र सिंजा क्षेत्रमा सम्पन्न हुने सांसद पदम रोकायाको भनाई छ ।

अघिल्ला प्रादेशिक योजनामा पारदर्शीता तथा सुशासन कायम नभएको, पार्टीका कार्यकर्ता मात्रै लाभान्वित भएका गुनासो धेरै आएको थियो ।

तर चालु आवका योजनामा कोरोनाका कारण घर फर्किएका काम नपाएर बसेका यूवालाई निर्माणको जिम्मेवारी दिने सांसद रोकायाले उल्लेख गर्नुभभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button