तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसको सङ्क्रमणका कारण थप सात जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप सात जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या चार सय ३६ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले एक जना महिला र छ जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।

कोरोना सङक्रमणबाट मृत्यु हुनेहरुमा काठमाडौँकी ६८ बर्षीया महिलाको मृत्यु भएको हो भने झापाका ८७ बर्षीय पुरुष , सिराहाका ५० बर्षीय पुरुष , काठमाडौँका १६ बर्षीय पुरुष , ललितपुरका ७४ बर्षीय पुरुष, र बर्दियाका ६४ र ३९ बर्षीय पुरुषको मृत्यु भएको भएकोे मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

No photo description available.

प्रतिक्रिया राख्नुहोस्

Back to top button