तपाईँ सुन्दै हुनुहुन्छः

मुक्त हलिया परिवारलाई तरकारीको बीउ वितरण

बैतडी । राष्ट्रिय मुक्त हलिया समाज महासंघले बैतडीको सुर्नया २२ मुक्त हलिया परिवारलाई तरकारीको बीउ वितरण गरेको छ ।

जिल्लाभरी ७ मुक्त हलिया समूहमा बीउ वितरण गरेको महासंघले आज सुर्नयामा वितरण कार्य सम्पन्न गरेको हो । सुर्नया २ स्थीत नयाँ पाइला मुक्त हलिया बचत तथा ऋण सहकारी संस्थामा आवद्ध २२ परिवारलाई बीउ वितरण गरिएको जिल्ला हलिया मुक्ति समाज बैतडीका सामाजिक परिचालक भुवन चुनाराले बताउनुभयो ।

मुक्त हलिया परिवारलाई टमाटर, मुला, रायो, धनिया तथा लसुनको बीउ र १ जनालाई पोलिहाउस वितरण गरिएको उहाँले बताउनुभयो । लुथरथ बिश्व फेडरेशन र चर्च इन अमेरिकाको सहयोगमा उक्त सामग्री वितरण गरिएको राष्ट्रिय मुक्त हलिया समाज महासंघका केन्द्रीय सदस्य राजुराम भूलले बताउनुभयो ।

मुक्त हलिया परिवारलाई जिविकोपार्जनका लागी तरकारीमा आत्मनिर्भर बनाउने उदस्यले उक्त बीउ वितरण गरिएको नयाँ पाइला मुक्त हलिया बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जयराम लोहारले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button