तपाईँ सुन्दै हुनुहुन्छः

‘चाडपर्वमा कोभिडको तेस्रो चक्र देखापर्न सक्छ, सचेत रहौं’

रुपन्देही । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले चाडपर्वमा कोभिडको तेस्रो चक्र देखापर्न सक्ने भन्दै सचेत हुन आग्रह गर्नुभएको छ ।

दशै तिहार मान्न मानिसहरु शहरबजारबाट गाउँ जाँदा अब ग्रामीण क्षेत्रमा कोरोना संक्रमण फैलिनसक्ने पोखरेलको भनाइ छ ।

प्रदेश सभाको बुधबारको बैठकमा बोल्दै मुख्यमन्त्री पोखरेलले तेस्रोचक्रले अब गाउँगाउँमा कोरोना संक्रमण फैलिने भन्दै त्यसको पूर्वतयारीमा प्रदेश सरकार लागेको जानकारी दिनुभयो ।

पहिलो चक्र विदेशबाट आउने नागरिकबाट र दोस्रो चक्र शहर बजारमा सुरु भएको बताउँदै उहाँले तेस्रो चक्र सुरु हुँदा ग्रामीण शहरमा प्रवेश गर्नसक्ने भएकाले त्यसको लागि पूर्वतयारी गर्नुपर्छ भन्ने निष्कर्षमा प्रदेश सरकार पुगेको बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले सार्वजनिक यातायतमा अनिवार्य माक्स लगाउन र सेनेटाइजर प्रयोग गर्नुपर्ने बताउनुभयो । ‘भ्याक्सीन पत्ता नलाग्दासम्म माक्स नै भ्याक्सिन हो, सामाजिक दुरी नै भ्याक्सिन हो’–उहाँले भन्नुभयो ।

उहाँले अहिलेसम्म प्रदेश सरकारले कोरोना नियन्त्रणमा सन्तोषजनक काम गरेको र राष्ट्रव्यापी संक्रमण दरको तुलनामा प्रदेशमा निकै कम रहेको बताबताउनुभयो ।

अन्य प्रदेशभन्दा प्रदेश ५ मा प्रयोगशालाको संख्या पनि धेरै रहेको र कोभिड १९ को हिसाबमा न्यनूतम खर्चमा अधिकतम व्यवस्थापन गर्ने प्रदेशको रुपमा प्रदेश ५ रहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button