तपाईँ सुन्दै हुनुहुन्छः

पीडितलाई सुरक्षित बासस्थानमा सार्न राप्रपाको माग

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका विभिन्न स्थानमा गएको बाढी पहिरोबाट विस्थापितहरुलाई तत्काल वैकल्पिक सुरक्षित स्थानमा सार्नका लागि राष्टिय प्रजातन्त्र पार्टीले माग गरेको छ ।

राप्रपा क्षेत्र नं २ सिन्धुपाल्चोक क्षेत्रीय कार्यसमितीको तर्फबाट क्षेत्रीय अध्यक्ष फडिन्द्र प्रसाद दाहाल लगायतको प्रतिनिधी मण्डलले जिल्ला प्रशासन कार्यलयमार्फत नेपाल सरकारसँग माग गरेको हो ।

ज्ञापनपत्रमा अविरल वर्षाका कारण सिन्धुपाल्चोक जिल्लास्थित हेलम्बु गाँउपालिकाको बोल्दे, जुगल गाँउपालिकाको लिदी, बाह्रबिसे नगरपालिकाको भोटेकोशी लगायतका गाँउहरुमा बाढी पहिरोले क्षति गरेको र त्यसको क्षतिपूर्तिका साथै सुरक्षित स्थानमा बसोबास गर्ने वातावरण मिलाउन माग गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले तत्काल यो मागलाई प्रधानमन्त्रीको कार्यालय, पुननिर्माण बिपद् व्यवस्थापन लगायतका कार्यालयहरुमा पठाइ कार्यान्वयनमा सहयोग गर्ने बताए । उनले नागरिकको समस्या समाधानका लागि आफुले सक्ने सबै खाले सहयोग गर्ने बताएकोे क्षेत्रीय सदस्य हरिबहादुर गुरुङ्गले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button