तपाईँ सुन्दै हुनुहुन्छः

साफको उमेर समूहका सबै प्रतियोगिता रद्द

काठमाडौं । सन् २०२० मा तय भएको साफको उमेर समूहको सबै प्रतियोगिता रद्द भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ –साफ) ले बुधबार उमेर समूहको सबै प्रतियोगिता रद्द गर्ने निर्णय गरेको हो । सन् २०२० मा मुख्य तीन प्रतियोगिता आयोजना हुने तय थियो ।

जसमा साफ यू–१५ च्याम्पियनसिप, साफ यू–१५ वुमन्स च्याम्पियनसिप र साफ यू–१८ वुमन्स च्याम्पियनसिप रहेको थियो । तर, कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता रद्द गरिएको छ । साफको भर्चुअल बैठकले साफ क्षेत्रको वर्तमान अवस्थाको मुल्यांकन गर्दै र सदस्य संघसँगको छलफलपछि रद्द गर्ने निर्णय गरेको हो ।

‘साफले अहिलेको अवस्थाका कारण २०२० सम्मका लागि तीन युवा प्रतियोगिता रद्द गर्ने निर्णय गरेको छ,’ साफलाई उद्धृत गर्दै अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । यस अघि साफले महिला पुरुषको गरी ४ प्रतियोगिता आयोजना गर्दै आएको थियो । यस पटक भने ३ प्रतियोगिता आयोजना गर्ने योजना ल्याएको थियो । तर, कुन कुन तीन प्रतियोगिता गर्ने भनेर साफले तय गरेको थिएन ।

यस अघि साफले बंगलादेशमा तय भएको पुरुषको साफ च्याम्पियनसिप समेत स्थगित गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button