तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलको कोरोना अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु

बुटवल ।  बुटवलको कोरोना अस्पतालमा उपचाररत नवलपरासी पश्चिम र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको छ । उहाँहरू दुवै जना सात दिनदेखि भेन्टिलेटरमा हुनुहुन्थ्यो ।

गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो । उहाँ कलेजो र मिर्गौलाको दीर्घ रोगी हुनुहुन्थ्यो।

असोज १ गते अस्पताल भर्ना हुनुभएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनु भयो ।

उहाँ मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेको डा. गौतमले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button