तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाको फोक्सिङकोटमा पहिरोले घर बगाउँदा पाँच जना बेपत्ता

सांकेतिक तस्बिर

पाल्पा । रम्भा गाउँपालिका–२, फोक्सिङकोटमा पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएका छन् । फोक्सिङकोट बेलौजाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पहिरोमा हुमबहादुर गाहाको परिवारमा सुतिरहेका पाँच जना बेपत्ता भएको स्थानीय पत्रकार एवं सारुले बताउनुभयो । बेपत्ता हुनेहरूमा अन्दाजी ६० बर्षका हुम बहादुर गाहा , निजकी श्रीमती, छोरी, छोरीको छोरी (नातिनी) र छोराको छोरी (नातिनी) रहेका छन् ।  बुधबार राती अविरल वर्षापछि बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको हो ।

मनबहादुर गाहाको परिवारका तीन जना भने पहिरो खसेपछि पनि भागेर ज्यान जोगाउन सफल भएको स्थानीय पत्रकार सारुले जानकारी दिनुभयो । रम्भा गाउँपालिकाका प्रवक्ता कृष्ण प्रसाद रेग्मीले पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्धारमा समस्या भएको बताउनुभयो । घटना स्थलमा जिल्ला प्रहरी कार्यालयको टोली जाँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button