तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा मुख्य सडकहरु पहिरोले अबरुद्ध

 पर्वत-दुई दिनदेखिको भारी वर्षाका कारण आएको पहिरोले पर्वत जिल्लाका मुख्य सडकहरु अबरुद्ध भएका छन् । मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा पर्ने कुश्मा नगरपालिका १ सर्सधारामा ठूलो पहिरो झर्दा पूर्ण रुपमा सडक अवरुद्ध भएको छ । कालीगण्डकी करिडोरको मालढुङ्गा– बेनी सडक पनि पहिरोले अबरुद्ध भएको छ ।

मधयपहाडी लोकमार्ग हिजो दिनभरि पनि पहिरोले अबरुद्ध भएको थियो । साँझ ५ बजेदेखि एकतर्फी रुपमा खुलेपनि राती फेरि पहिरो झरेपछि आज पनि उक्त सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो । अबरुद्ध भएका दुबै सडक खुलाउने प्रयास भैरहेको उहाँले बताउनुभयो ।

साविक धौलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारी साधनहरु नयाँपुलमा अलपत्र परेका छन् भने ती जिल्लाबाट पोखरा, काठमाण्डौका लागि छुटेका सवारीसाधनहरु मालढुंगा र फर्सेमा अलपत्र परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button