तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनमा पराजित भए शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण नगर्ने : ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा आफू पराजित भए पनि आफूले शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण नगर्ने बताउनुभएको छ ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति प्रमुखले हुलाकमार्फत हुने मतदानलाई इङ्गित गर्दै मतदानमा जालझेल र ठगी हुन सक्ने सम्भावना रहेको पनि बताउनुभएको छ ।

अमेरिकाका प्रायः राज्यहरूले कोरोना भाइरसको संक्रमण रोक्न मतदाताहरूलाई हुलाक मार्फत मतदान गर्न आह्वान गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button