तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक सञ्जालमा चिट्ठा परेको भन्दै ठगी गर्ने दुई जना पक्राउ 

चितवन । सामाजिक सञ्जाल इमोमा २५ लाखको चिट्ठा परेको भन्दै ठगी गर्ने २ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर ११ बस्ने साहिल हुसेन र वडा नम्बर ९ बस्ने कामेश्वर स्वर्णकार रहेका छन् ।

उनीहरूले सामाजिक सञ्जाल इमो प्रयोग गरी विभिन्न मानिसलाई २५ लाखको चिट्टा परेको र प्रहरी तथा अन्य मानिसलाई जानकारी दिएमा  तपाईँको पैसा सबै बदर हुन्छ भन्दै ठगी गर्दै आएको थियो ।

असोज ४ गते कालिका नगरपालिका वडा नम्बर  ४ चितवन की एक महिलालाई पटक पटक फोन गरी चिट्टा परेको र कर कट्टीको लागि केही पैसा जम्मा गरिदिन दबाब दिएको चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङले जानकारी दिनुभयो । ती महिलालाई पटक पटक गरी २ लाख ८० हजार ठगी गरेकोले पीडित महिला प्रहरी समक्ष पुगेकी हुन् ।

उनीहरूलाई महिला दिएको सूचनाको आधारमा पक्राउ गरिएको र चितवन अदालत वाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रमुख गुरुङले बताउनु भयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button