तपाईँ सुन्दै हुनुहुन्छः

तिनाउ नदीमा बाढी : सर्तक रहन आग्रह

रुपन्देही । रुपन्देहीमा तिनाउ, रोहिणी, कन्चन नदीमा जलसतहले खतरा तह पार गरेको भन्दै स्थानीय प्रशासनले थप सर्तकता रहन स्थानीयलाई आग्रह गरेको छ ।

नदी तटीय क्षेत्रमा रहेका सबैलाई सर्तक रहन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आग्रह गरेको हो ।

तिनाउ नदीमा बाढी आएर जलसतहले खतरा तह पार गरेको भन्दै बाढी पूर्वानुमान महाशाखाले पनि सतर्कता अपनाउन आग्रह गरिसकेको छ ।

तिनाउ नदी तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने ठाउँमा सतर्कता अपनाउन भनिएको छ । मंगलबारदेखि परेको वर्षा शनिबारसम्म रहने मौसम विभागले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button