तपाईँ सुन्दै हुनुहुन्छः

बेपत्ता कार्यालय प्रमुख पौडेलको शव ३ दिनपछि फेला

कपिलवस्तु । बाढीले बगाएर बेपत्ता भएका विद्युत कार्यालय जितपुरका प्रमुख कृष्ण पौडेलको शव फेला परेको छ । पौडेलको ३ दिनपछि आज शव फेला परेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।

बाढीले बगाएर बेपत्ता पौडेलको ३ दिनदेखि नेपाली सेना, सशस्त्र प्रहरी सहित गोताखोरको टोलीले खाजीकार्य जारी राखेको थियो । पौडेलको शव कपिलवस्तु नगरपालिका वडा नम्बर ६ सगरहवाघाटको पश्चिमतर्फ फेला परेको हो ।

बुधबार कपिलवस्तुको वाणगंगा नगरपालिका भलवाडमा पर्ने कज्वे पुलमा आएको बाढीले विद्युत कार्यालयको जीप सहित ६ जनालाई बगाएको थियो । जसमा ३ जना पौडिएर बाँच्न सफल भएका थिए भने ३ जनाको मृत्यु भएको थियो । सोही दिन १ जनाको शब भेटिएपनि २ जना भने बेपत्ता थिए । बिहिबार थप एक जनाको शब भेटिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button