तपाईँ सुन्दै हुनुहुन्छः

गीतकार उप्रेतीको “लगन जुरेर” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

 काठमाडौँ । गीतकार गणेश उप्रेतीको शब्द “लगन जुरेर” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाल आइडलबाट चर्चामा आएका गायक क्रिशल कँडेल र गायिका एलिना चौहानको स्वर रहेको गीत “लगन जुरेर” एरीना इन्टरटेन्टमेन्ट यूटुब च्यानल मार्फत आज सार्वजनिक गरिएको छ ।
यस गीतमा गीतकार गणेश उप्रेतीको शब्द रहेको छ भने सगींत संयोजन पुरुषोत्तम सुबेदीले गर्नु भएको हो । म्युजिक भिडियोमा गायक क्रिशल कँडेल र गायिका एलिना चौहान, गीतकार गणेश उप्रेती र कलाकार खेम बा का जोडदार अभिनय रहेको छ ।
म्युजिक भिडियोको निर्देशन शक्ति प्रजोल घिमिरेले गर्नुभएको छ भने कोरियोग्राफरमा प्रबिन थापा हुनहुन्छ भने म्युजिक भिडियोको छायाँङकन नमराज घिमिरेले गर्नु भएको छ ।
श्रोता र दर्शकहरूको चाहाना अनुसार गीत ल्याइएकोले दर्शकहरूले अत्यधिक मन पराउने गीतकार उप्रेतीको विश्वास छ । गीतकार उप्रेतीका यस अघि थुप्रै गीतहरू सार्वजनिक भइसकेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

प्रतिक्रिया राख्नुहोस्

Back to top button