तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा कणाली प्रदेश संसदीय दलको सचेतकमा कुर्मराज शाही नियुक्त


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको सचेतकको जिम्मेवारी कालीकोटबाट निर्वाचित सांसद कुर्मराज शाहीलाई दिनु भएको छ ।

संसदीय दलका नेता तथा मुख्यमन्त्री शाहीले मंगलबार माधब नेपाल समूहका नेताहरुको सहमति अनुसार कुर्मराजलाई सचेतकमा नियुक्त गर्नु भएको हो । सोमबार मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर सचेतक रहनु भएकी सीताकुमारी नेपालीलाई प्रमुख सचेतक नियुक्त गरिसक्नु भएको छ ।

सचेतक रहनु भएकी नेपालीले प्रमुख सचेतकको जिम्मेवारी पाएपछि खाली भएको ठाउँमा मुख्यमन्त्री शाहीले आज कुर्मराज शाहीलाई नियुक्त गर्नु भएको हो । आइतबार गुलाबजङ्ग शाहलगायत १८ जना सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि प्रमुख सचेतकको जिम्मेवारी बाट शाहलाई हटाएको थियो ।

तत्काल टर्यो संकट

पछिल्लो राजनीति घटनाक्रम अनुसार कर्णाली प्रदेशमा सत्तारुढ नेकपाका १८ सांसदले संसदीय दलका नेता एवं मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि शुरु भएको तनाव तत्काल कम हुने देखिएको छ ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र बरिष्ठ नेता माधवकुमार नेपाल पक्ष मुख्यमन्त्री पदबाट शाहीलाई हटाउन रोक्ने सहमति भएपछि तत्काल तनाव कम हुने देखियो हो । सुर्खेतमा मंगलबार भएको छलफलमा मुख्यमन्त्री शाहीले नेपाल पक्षलाई तीन मन्त्री र संसदीय दलको सचेतक पद दिन तयार भएपछि सत्ता परिवर्तनको खतरा टरेको छ ।

स्रोतका अनुसार नेता नेपाल पक्षले मन्त्रीका लागि चन्द्र शाही, करवीर शाही र अम्मरबहादुर थापाको नाम बुझाएको छ । संसदीय दलको सचेतकमा कुर्मराज शाहीलाई मुख्यमन्त्री शाहीले नियुक्त गरिसक्नु भएको छ । । अब मन्त्रिपरिषद्मा नेता नेपाल पक्षका चार मन्त्री हुनेछन् भने पार्टी अध्यक्ष केपी शर्मा ओली समूहका दुई मन्त्री हुनेछन् ।

यता दुई पक्षबीच सहमति जुटेपछि अविश्वासको प्रस्तावमाथि मंगलबार राखिएको छलफलमा नेता नेपाल समूहका सांसदहरु अनुपस्थित रहनु भयो । एक नेताका अनुसार नेपाल समूहका नेता समावेश गरी मन्त्रिपरिषद् पनि मंगलबार नै पुनर्गठन गर्ने सहमति भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button