तपाईँ सुन्दै हुनुहुन्छः

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको क्षमता बढाईदै, दुई वटा पीसीआर मेसिन थप

जनकपुरधाम । कोरोना महामारीको संक्रमणको अवस्था प्रदेश नंं २ मा स्थिर भएपनि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामको क्षमता विस्तार गर्ने काम भई रहेको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा दुई वटा पीसीआर मेसिन थप गरिएको छ । यस अघि रहेको दुई वटा मेसिनले कोरोना बढेको वेलामा पीसीआर टेस्ट गर्न भ्याई नरहेको कारणले प्रदेश नंं २ का सरकारले मेसिन थप गरेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख एवं निर्देशक डा. श्रवण कुमार मिश्रले जानकारी दिनुभयो ।

एउटा पीसीआर मेसिनले ९६ जनाको रिपोर्ट दिन सक्ने भएकाले अव आवश्यकता परेको खण्डमा सामान्य तरिकाले एक सिफ्टमा ३ सय ८४ जनाको पीसीआर परीक्षण गर्ने क्षमता प्रयोगशालामा भएको जानकारी डा मिश्रले गराउनु भयो ।

अहिले अति आवश्यक रिपोर्ट ६ घण्टामा दिने गरिएको छ । यसै गरि प्रदेश सरकारले आर एन एक्ट्राक्सन मेसिन पनि खरिद गर्ने काय गरेको र १ हप्तामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा आई पुग्ने जानकारी निर्देशकले गराउनु भयो ।

कोरोना परीक्षणका लागि अत्याधुनिक मेसिनको रुपमा रहेको र यसले ३ घण्टामा रिपोर्ट दिन सक्ने क्षमता भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

यसका साथै प्रयोगशालाको कार्यालय नीजि भाडाको भवनमा रहेकोमा अहिले आफ्नै भवनमा सरेको छ । विद्युतमा हुने गडवडिका कारणले पीसीआर परीक्षणमा समस्या हुने गरेका कारणले १५ के भि एको यूपिएस जडान गर्ने काम भएको निर्देशक डा मिश्रले जानकारी दिनु भयो ।

यसै गौरमा पीसीआर मेसिन जडान गरेर परीक्षण गर्ने काम भईरहेको छ भने अन्य जिल्लामा पनि मेसिन थप गरेर प्रयोगशाला निर्माण गर्नका लागि अगाडी बढेको छ । खास गरेर चाड पर्व पछि कोरोनाको संक्रमण बढ्ने खतरालाई ध्यानमा राखेर प्रदेश सरकारले प्रयोगशालाको क्षमताको विस्तारका लागि कामकाज अगाडी बढाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button