तपाईँ सुन्दै हुनुहुन्छः

नापी कार्यालय, धनुषाका २९ कर्मचारीमा कोरोना संक्रमण

जनकपुरधाम । धनुषाका नापी कार्यालयका नापी अधिकृतलाई कोरोना संक्रमणको पुष्टि भएपछि कार्यालयका कर्मचारीको स्वाव संकलन गरि पि सि आर परीक्षण गर्दा सबै कर्मचारीमा कोरोना संक्रमण भएको छ ।

आईतबारदेखि नै बन्द रहेको कार्यालयका अधिकांश कर्मचारीहरु संक्रमित भएपछि कार्यालय अझै बन्द रहने भएको छ ।

अत्यधिक मात्रामा सेवाग्राहीको भिड रहने नापी कार्यालयका संक्रमित कर्मचारीको सम्पर्कमा रहेका अधिकांश सेवाग्राही पनि जोखिममा रहेकाले सतर्क रहनका लागि कार्यालयले आग्रह गरेको छ ।

एकैपटक एउटै कार्यालयका २९ जना कर्मचारीमा पहिलो पटक संक्रमण देखिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button