तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीको कञ्चनरुपमा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु

सप्तरी । कोरोना भाइरस कोभिड–१९ का कारण सप्तरीको कञ्चनरुप नगरपालिकामा आज एक महिलाको मृत्यु भएको छ । योसँगै सप्तरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

कञ्चनरुप नगरपालिका वडा नम्बर २ महादेवपट्टी की ४२ वर्षीया बसिरा खातुनको कोरोना भाइरसका कारण मृत्यु भएको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कंचनपुरले जनाएको छ ।

उनी बिरामी भई १५ दिनदेखि बिराटनगरस्थित गोल्डेन हस्पिटलमा उपचार गराइरहेकी थिइन् र उपचारकै क्रममा बिराटनसिंह होममा सिटिस्क्यान गराउदा क्यान्सर, आन्द्रामा खराबी, फोक्सोमा पानी जमेको देखिएपछि थप उपचारका लागि बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।

२६ गते धरानमा कोरोना भाइरसको पिसिआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि बिरामीको अवस्था गम्भीर रहेकाले उनलाई अस्पतालले घर लैजान भनेपछि २७ गते घर ल्याई स्वास्थ्यकर्मीहरुको निगरानीमा होम आइसोलेसनमा राखिएकोमा बिहीबार बिहान आफ्नै घरमा खातुनको मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button