तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङद्वारा पदभार ग्रहण

काठमाडौँ । नवनियूक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सूचनालाई विश्वसनीय र मर्यादित बनाउन सबैसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने बताउनुभएको छ ।

मन्त्रालयमा आज पदभार ग्रहण गर्नुहुँदै मन्त्री गुरुङले गलत सूचनाले समाजमा द्धन्द्ध र मनमुटाव सिर्जना गर्ने भएकाले सूचनालाई सकारात्मक ढाँचाबाट प्रस्तुत गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री गुरुङले कोरोना भाइरसका कारण ग्रामिण क्षेत्रमा सुरु हुन नसकेको पठन पाठनलाई इन्टरनेटको माध्यमबाट सञ्चालन गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button