तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा ११ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँ । तनहुँमा १० जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको व्यास नगरपालिकाका १० जना र ठेगाना नखुलेको एक जना गरि ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

व्यास–१ का ४३, ३१ वर्षीय पुरुष र १७ वर्षीया महिलामा कोरोना संक्रमण भएको छ । त्यस्तै व्यास–२ का ३८ वर्षीय पुरुष, व्यास–५ का ३२ वर्षीय पुरुष, व्यास–४ का १० वर्षीय बालक र व्यास–४ कै ५ र १३ वर्षीया बालिका तथा ६१ र ३० वर्षीया महिलामा कोरोना संक्रमण भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुनुभएको हो ।

त्यस्तै पालिका र वडा नखुलेको तनहुँको २४ वर्षीया महिलामा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । संक्रमित महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकबाट पहिचान भएको हो । उहाँ प्रतिष्ठानको प्रि–आईसोलेसनमा बस्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button