तपाईँ सुन्दै हुनुहुन्छः

उपमहानगरपालिकाको बजार अनुगमन, पसलेहरूको भागाभाग 

बारा । बारास्थित जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर बजारमा वाणिज्य कार्यालय वीरगन्जको अनुगमन हुँदा पसलेहरूको भागाभाग भएको छ । पसलेहरूले आ–आफ्नो सटरहरू बन्द गरी भागेका थिए ।
बजारमा खरिदबिक्री गर्न आएका ग्राहक तथा बिक्रेताहरू अचम्मित भएका थिए । डरले व्यापारीहरूले आफ्नो पसल नखोल्दा बजार आज सुनसान भएको थियो । खाद्यान्न सामग्रीका एउटा पसललाई खरिद बिल देखाउन नसक्दा  रु २० हजार र अर्का म्याद गुज्रेको सामग्री बेच्ने पसललाई ९ हजार ४१ रुपैयाँ जरिवाना गरिएको वाणिज्य कार्यालयका सूचना अधिकारी दिलीप खाँकले जानकारी दिनुभयो ।
समय अभावका कारण आफूहरू धेरै पसलको अनुगमन गर्न नसकेपछि बाँकी शङ्कास्पद पसलहरूको अनुगमन गर्न फेरी आफूहरू आउने बताउनुभयो । आफ्नो कार्यालयको क्षेत्र प्रदेश भरी भएको तर सीमित जनशक्ति भएका कारण सोचे अनुसार काम गर्न नसकिरहेको सूचना अधिकारी खाँकले दुखेसो गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button