तपाईँ सुन्दै हुनुहुन्छः

१ नम्बर प्रदेश नेपाल चलचित्र कलाकार सङ्घ शाखा गठन

सुनसरी । सुनसरीको इटहरीमा नेपाल चलचित्र कलाकार सङ्घ १ नं प्रदेशको शाखा गठन गरिएको छ । सङ्घको केन्द्रीय अध्यक्ष रवीन्द्र खड्काको प्रमुख आतिथ्यमा सामाजिक दुरी र सुरक्षा सतर्कता अपनाउँदै शाखा गठन गरिएको हो ।
सङ्घले चलचित्रकर्मी पुष्प श्रेष्ठको संयोजकत्वमा २१ जना सदस्य रहने गरी तदर्थ समिति गठन गरिएको गठित अन्य पदाधिकारीहरूमा सहसंयोजक कलाकार दिनेश कोइराला त्यसै गरी अन्य सदस्यहरूमा भीम लामा, जतिन ताम्राकार, माधब पौडेल खत्री, लेजिना सुवेदी, रेस्मा घिमिरे, प्रवल दिप बिश्वास,  नवीन सुब्बा,  रेखा लिम्बू , गणेश राउत, मिलन सुवेदी , हरि प्रसाद सुब्बा, मेघराज लिम्बू श्याम कटबाल, ईश्वर गुरुङ, सुजन ढकाल, सारदा शाक्य, ममता चौधरी, धर्मेन्द्र आचार्य, तुलसी घिमिरे रहेका छन् ।
कार्यक्रम चलचित्रकर्मी महासङ्घका अध्यक्ष अरुण कुमार प्रधानको सभापतित्वमा सम्पन्न भएको थियो । समिति गठनपछि सँभालाइ सम्बोधन गर्दै प्रमुख अतिथिले नेपाल चलचित्र कलाकार सङ्घका केन्द्रीय अध्यक्ष रवीन्द्र खड्काले प्रदेश १ चलचित्रकर्मीहरूको खानी भएकोले यस क्षेत्रका कलाकर्मीहरूलाई समेटेर समिति बनाउन पाउँदा आँफु खुसी भएको बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button