२०७७ साल कार्तिक ६ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

भट्टराईको अभिव्यक्ति गैरजिम्मेवार : प्रधानमन्त्री

रेडियो नेपाल २०७७ असोज ३० गते १२:२२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अभिव्यक्ति गैरजिम्मेवार भएको बताउनु भएको छ । उहाले भट्टराईले गैरजिम्मेवार र निराधार अभिव्यक्ति दिएर जनतालाई गलत सूचनाका साथ भड्काउन खोजेको बताउनुभयो ।

६५औं प्रहरी दिवसका अवसरका प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्णय नै नभएको र कसले बनाउछ भनेर टुंगो नै नभएको आयोजनामा यति अर्ब बाडेर खाए भनेर भन्नु गैरजिम्मेवार अभिव्यक्ति भएको बताउनु भयो ।

‘एउटा निर्णय नभएको, कसैले नलिएको, कार्यआरम्भ नभएको, र त्यो हुन्छ हुदैन, कसले गर्छ गर्दैन, कसरी गर्छ भन्ने टुंगो नभएको आयोजना, पूर्व प्रधानमन्त्री, वर्तमान प्रधानमन्त्री समेतले यति अर्ब बाडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यस्ता गैरजिम्मेवार अभिव्यक्ति निराधार अभिव्यक्तिको एउटा कुरा हो तर, हामी त्यस्तो गैरजिम्मेवार हुन सक्दैनौं । त्यत्ति अनुत्तरदायी हुन सक्दैनौं ।