तपाईँ सुन्दै हुनुहुन्छः

संघीयताको भावना र मर्मअनुसार प्रहरीले भूमिका खेल्नुपर्छः मुख्यमन्त्री राई

सुनसरी । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आगामी दिनमा संघीयताको भावना र मर्म अनुसार प्रहरीले आफ्नो भूमिका देखाउँदै शान्ति सुरक्षा कायम गर्दै अगाडि बढनुपर्ने बताउनुभएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले ६५ औं प्रहरी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राईले प्रहरी फोर्सलाई सक्षम, दक्ष र साधन स्रोतसम्पन्न बनाउन तीनै तहको सरकार लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले केही दिनमा प्रहरी समायोजनको टुंगो बताउनुभयो ।

कार्यक्रममा प्रदेश नं. १ का डिआइजी ईश्वरबाबु कार्कीले नेपाल प्रहरी कटिबद्ध भएर शान्ति सुरक्षा कायम गराउन लागिपरेको बताउनुभयो ।

कार्यक्रममा अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएका सुनसरी प्रहरीका प्रहरी निरीक्षक सरोज खनाल पुरस्कृत भएका छन् । उनले उत्कृष्ट प्रहरी अनुसन्धानकर्ता पुरस्कार प्राप्त गरेका हुन् ।

यस्तै उत्कृष्ट कार्यसम्पदान गर्ने इप्रका पथरी डिएसपी दिलिप गिरी, उत्कृष्ट ट्राफिक प्रहरी व्यवस्थापन गर्दै आएका मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोद्दार, जोखिम पूर्ण कार्य सम्पादन गरेको भन्दै प्रहरी चौकी रानी भनज्याङ्गका प्रहरी सुवास चौधरीलाई सम्मान गरिएको छ ।

उत्कृष्ट कार्यसम्पदानमा प्रदेश प्रहरी कार्यालयमा कार्यरत सहायक प्रहरी निरीक्षक हेमकुमार बस्नेत, अभिलेख व्यवस्थापनमा उत्कृष्ट काम गर्ने भुवन श्रेष्ठ, व्यवस्थापनमा उत्कृकष्ट कार्यसम्पन्दा गर्ने राजकुमार कार्की, महिलातर्फ दंगा नियन्त्रण कार्यालय दुहबीका प्रहरी रक्षा राई सम्मानित भएकी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button