तपाईँ सुन्दै हुनुहुन्छः

बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेलका लागि राखेपको स्वीकृति

काठमाडौं । नेपाली फुटबल टिमले बंगलादेशसँग मैत्रीपुर्ण खेलका लागि राष्ट्रिय खेलकुद परिषद्ले स्वीकृति दिएको छ ।

यसका लागि नेपाली फुटबल टिमले दशैं र तिहारपछि प्रशिक्षण सुरु गर्ने भएको छ । बंगलादेश फुटबल टिमले नेपाली फुटबल टिमसँग मैत्रीपुर्ण खेलका लागि प्रस्ताव गरेको थियो ।

तर सरकारले खेलकुद सुरु गर्न स्वीकृति दिएको छैन । परिषद्ले भने आफ्नो तरिकाले एन्फालाई मैत्रीपुर्ण खेलका लागि स्वीकृति दिएको हो ।

बिहिबार एन्फा अध्यक्ष कर्माछिरिङले सदस्य सचिव रमेश सिलवाललाई भेटेर कुरा गर्नुभएको थियो । एन्फाले बंगलादेशसंग अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न राखेपबाट अनुमती पाएसंगै अभ्यासका लागि पनि मौका मिलेको हो ।

मैत्रीपूर्ण खेलका लागि अभ्यासको अनुमति माग गर्दै एन्फाले राखेपलाई पटकपटक आग्रह गर्दै आएको थियो ।

राखेपको अनुमती पाएसंगै एन्फाले दसैंलगत्तै राष्ट्रिय टोलीको अभ्यास र तिहार लगत्तै बंगलादेशसंग मैत्रीपूर्ण फुटबल खेल्ने योजना बनाएको छ । नोभेम्बरको ११ देखि १९ तारेकभित्र बंगलादेशसंग दुई मैत्रीपूर्ण खेल हुनेछन् । त्यसका लागि दसैंपछि राष्ट्रिय टोलीले अभ्यास थाल्नु पर्नेछ ।

मैत्रीपूर्ण खेलका लागि बंगलादेशले अघिल्लो महिना नै नेपाललाई प्रस्ताव पठाएको थियो । बंगलादेशसहित अन्य आधा दर्जन देशले समेत नेपाललाई मैत्रीपूर्णका लागि प्रस्ताव राखेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button