तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा ३६जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज। नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको परिक्षणको क्रममा नेपाली सेनाका जवान,मालपोतका कर्मचारी सहित पर्साका २२ जना बाराका १२, रौतहट र सप्तरीका १/१ जना गरी थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्ज स्थित नारायणी अस्पतालको पिसिआर प्रयोशालामा गएराति पर्साको बिभिन्न स्थानबाट संकलन गरि ल्याइएको १ सय ९३ जना र बाराबाट संकलित ५६ जना मध्ये गएराति १ सय ९२ जनाको स्वाब परिक्षण गर्दा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रबक्ता डाक्टर अतुलेश कुमार चौरसियाले बताउनुभयो ।

पर्सामा थपिएका संक्रमितमध्ये २५ जना पुरुष र ११ जना महिला रहेका छन् । अधिकांश संक्रमितहरु बीरगन्ज महानगरपालिकाका छन् ।
पर्साका डाबर नेपालका एक जना कर्मचारी र बीरगन्जस्थित एनसीसी बैंकका ३ जना र एसबीआई बैंकका एक जना कर्मचारीम संक्रमण देखिएको छ । बीरगन्ज महानगरको वडा नं. १० मा ६ जना र वडा नं. १३ का ४ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रबक्ता डाक्टर चौरसियाले बताउनुभयो ।

अन्य संक्रमितहरु बीरगन्जको वडा नं. १४ का २ जना, वडा नं. १, ३, ४ र २४ का एक एक जना रहेका छन् ।त्यसैगरी बाराको सुवर्ण गाउँपालिकाको वडा नं. २ का १ जना र कलैया वडा नं. ५ का १जनामा संक्रमण देखिएको छ । बाराका बाँकी संक्रमित निजगढ नगरपालिकाका हुन् । निजगढको वडा नं. ९ का ६ जना, वडा नं. ७ का ३ जना, वडा नं. ६ र ८ का एक÷ एक जनामा संक्रमण पुष्टि भएको प्रबक्ता डाक्टर चौरसियाले बताउनुभयो ।

यता रौतहटको राजपुर नगरपालिकाका र सप्तरीको रुपनी गाउँपालिकाका एक÷एक जना मा संक्रमण पुष्टि भएको डाक्टर चौरसियाले बताउनुभयो ।थपिएका संक्रमितहरुको सिटी भ्यालु १८ देखि ३६ सम्म रहेको र उमेर भने १३ देखि ७२ वर्षसम्म रहेको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेस कुमार चौरसियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button