तपाईँ सुन्दै हुनुहुन्छः

बुढीमोरङमा खुल्ला नकआउट पुरुष तथा महिला फुटबल सुरु

धनकुटा । धनकुटाको सागुरीगढी गााउपालिका वडा नं १ बुढीमोरङ, सुलिकोटमा हिजोदेखि दशैं तिहार तथा छठ पर्वको अवसरमा खुल्ला नकआउट पुरुष तथा महिला फुटबल प्रतियोगिता सुरु भएको छ ।

प्रतिीोगिताको एक कार्यक्रमका बीच गाँउपालिका अधयक्ष कुमारजंग याख्खाले गर्नुभएको वडा सदस्य इन्दिरा योञ्जनले बताउनुभयो ।

खेल उदघाटन कार्यक्रममा बोल्दै अधयक्ष कुमार जंग याख्खाले गाउपालिकामा खेल क्षेत्रको विकास तथा प्रवद्धनको कार्यक्रम रहेको जानकारी गराउनु भएको थियो ।

गाउँपालिको खेल क्षेत्रमा रहेको कार्यक्रम तथा योजनाले खेल क्षेत्रमा यूवाहरुको सहभागिता तथा खेल क्षेत्रको भोतिक पुर्वाधार निर्माणमा सघाउ पुग्नुका साथै उहाँले खेल क्षेत्रको आकर्षण तथा वृद्धि विकास हुने बताउनु भयो ।

प्रतियोगिताका प्रथम पुरस्कार पुरुष तर्फ प्रथम रु नगद ५० हजार, मेडल तथा प्रमाणपत्र, द्धितिय रु नगद ३० हजार, प्रमाणपत्र र मेडल रहेका छन् भने महिलातर्फ प्रथम पुरस्कार रु नगद १३ हजार ५ सय ५५, द्धितिय रु नगद ६ हजार ५ सय ५५ पुरस्कार प्रदान गरिन्ने आयोजकले जानाएको छ ।

सञ्जीवनी यूवा क्लब सागुरीगढि गााउपालिका वडा नं १ को आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता कार्तिक ५ गते सम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button