तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेनाद्वारा पर्सामा ५१ संक्रमितको मृत्युपछि शव व्यवस्थापन

वीरगंज । वीरगंजमा रहेको चण्डी प्रसाद गणका प्रमुख सेनानी मदन जंग राणाले आज पत्रकार सम्मेलनको आयोजना गरि पर्सामा सेनाले ५१ जनाको शव व्यवस्थापन गरेको बताउनु भयो ।

कोभिडबाट मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन कसरी भयो भन्ने बिषयमा सेनाले जानकारी गराउने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा प्रमुख सेनानी राणाले पर्सामा अहिलेसम्म ५१ जनाको शव व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।

३ जना जमातीबाट पर्सामा सुरु भएको कोरोना संक्रमण ३ हजारमा भएको उहाँले बताउनु भयो । पत्रकार समेतल्लनमा प्रमुख सेनानी राणाले ३७ वटा शव गाडेको तथा १४ वटा जलाएको बताउनु भयो । सेनाले व्यवस्थापन गरेका ५१ शवमध्ये ३८ जना पुरुष तथा १३ जना महिलाको रहेका छन ।

कोरोनाबाट मृत्यु हुनेमा ५१ मध्ये ४२ वीरगज महानगरपालिकाका स्थानिय वासिन्दा रहेको र बाँकी विभिन्न नगरपालिका तथा गाउँपालिकाका बासिन्दा रहेको राणाले बताउनुभयो । पत्रकार सम्मेलनमा राणाले पहिलो पटक २०७७ जेठ २८ गते बेवारिसे शबको परिक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको बताउनुभयो ।

शब व्यवस्थपन गर्दा पहिला जनताहरु विरोधमा उत्रिएको र अहिले आम नागरिक सचेत भएपछि समस्या नभएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button