तपाईँ सुन्दै हुनुहुन्छः

भिरबाट लडेर सात बर्षीय बालकको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको नुनथलामा भीरबाट लडेर सात बर्षीय बालकको ज्यान गएको छ ।

खेल्ने क्रममा होर्सिङ्गा भीरबाट लडेर सोलुदूधकुण्ड नगरपालिका–१ नुनथलाका सात बर्षीय दावा शेर्पाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

बालकको शव करिब सात सय मिटर तल भीरमा अड्किएको अस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button