तपाईँ सुन्दै हुनुहुन्छः

छिन्नमस्ता मन्दिर परिसर सुनसान

सप्तरी । विश्वको १०८ शक्तिपिठ मध्ये ५२ स्थानमा पर्ने सप्तरी जिल्लामा अवस्थित छिन्नमस्ता भगवती मन्दिर र मन्दिर परिसर वडा दशैको तेस्रो दिन पनि सुनसान नै छन् ।

विश्व महामारीको रुपमा फेलिएको कोरोना भाइरसको संक्रमण बढन सक्ने खतरा रहेकोले गर्दा गत असोज ३० गते स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३ र संक्रमण रोग ऐन, २०२० लाई टेकेर बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयले सप्तरी जिल्ला प्रशासन कार्यालाय राजविराज द्वारा एक विज्ञप्ती जारी गर्दै जिल्ला भित्र पर्ने सम्पूर्ण शक्तिपिठ एवं मन्दिर परिसरहरु असोज ३० गते राति ११ बजे देखी ०७७ मंसिर ७ गते राति ११ बजेर ३० मिनेट सम्मको दिनलई निषेधित क्षेत्र घोषित गरिएको छ ।

अरु वर्ष वडा दशैको बेला करिब ७ लाख भन्दा बढी श्रद्धालु भक्तजनहरु नेपाल तथा भारतको गरी दर्शन गर्ने गरे पनि अहिले मन्दिरको दुई वटै मुख्य गेटमा सप्तरी प्रशान द्वारा ताला लगााई नेपाल प्रहरी र सस्स्त्र प्रहरीले पहरा दिई बसि रहेका छन भने लुकाई छिपाई मन्दिरसम्म पुगेका श्रद्धालु भक्तजनलाई सामाजिक दुरि कायम गरी पुजा पाठ गर्ने हामीले दिइरहेको मन्दिरका पिठाधिश महाकान्त ठाकुरले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button